Comments Add Comment

Advertisment

SKIP THIS

पर्साबाट सशस्त्र प्रहरीले १५ किलो चरेससहित राजेश साहलाई पक्राउ

पर्सा । पर्सामा ठूलो मात्रामा चरेसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको कालीकामाई गाउँपालिका-५ देवरियाबाट सशस्त्र प्रहरीले १५ किलो ५०० ग्राम चरेससहित छिपहरमाई गाउँपालिका-५ भिस्वाका ३७ वर्षीय राजेश साहलाई पक्राउ गरेको हो ।

बिहीबार दिउँसो सशस्त्र प्रहरी बेस क्याम्प पोखरियाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले देउरियाबाट भिस्वातर्फ जाँदै गरेका साह सवार बीआर २२ एपी ६८१५ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गरेको थियो।

 

त्यसक्रममा मोटरसाइकलको ट्याङकी भित्र र सिटमुनि लुकाएर राखिएको ५०० ग्रामको १९ प्याकेट र २५० ग्रामको २४ प्याकेट चरेस बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

चरेससहित पक्राउ परेका साह र मोटरसाइकल आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै