Comments Add Comment

Advertisment

SKIP THIS

चालकको लापरवाही !

सोमबार बिहान करिब ०५:३० बजे काठमाडौको ता न पा ८ लामबगरस्थित जरन्खु, काभ्रेस्थलीबाट यात्रु लिएर तुफानमा आइरहेको बसले बा १ ज ८३१९ नम्बरको भाडाको यात्रुबाहक ट्याक्सीलाई ठक्कर दिएर भागेको छ ।

नम्बर खुल्न नसकेको स्थिती छ भने यता ट्याक्सी चालक र यात्रुहरु सकुसल छन । यो रुटमा बस चालकको लापर्वाहीको पराकाष्टा हिजो आजदेखि मात्र होइन ।

धेरै पहिलादेखि नै यात्रु पिकअप गर्ने होडबाजीले न त पैदल यात्रुको गन्तब्य ठीक हुने देखिन्छ न त चालकको बानि सुध्रिने स्थिति छ । गत २० दिन अगाडि मात्र यहि सडकमा गाडी पल्टिदा कयौं यात्रु घाइते भएका थिए भने दुई जनाको निधन भएको खवर थियो ।

यसरी गाडीवालाको यो हेपाह प्रवृत्ति र अनुशासनहीनताको यो पराकाष्टा कसरी , कहिले सुध्रिन्छ त ? आज ता न पा ८ लामबगरका जनताको यक्ष प्रश्न मुलभूत रुपमा ज्यानको सुरक्षा कसरी र कसले गर्ने ? सरोकारवालाको ध्यान जावस !

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै