Comments Add Comment

Advertisment

SKIP THIS

तीन सेकेन्डमा ध्वस्त भए सडकमा रोकिराखेका कार, दुई जनाको मृत्यु

२० असार , काठमाडौ । भारतको नगाल्याण्डमा एउटा ठुलो ढुङ्गा सडकमा रोकिराखेको कारमाथि खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मंगलबार बेलुका घटित घटनाको भिडियो सोसल मिडियामा सेयर भइरहेका छन् ।

भिडियोमा देखिए अनुसार तीन सेकेन्ड भित्र एउटा ठुलो ढुङ्गा सुरुमा एउटा कारमाथि बज्रियो र त्यसपछि नजिकैको कारमा ठोक्कियो । ढुङ्गा यति तेज गतिमा खसेको थियो कि दुवै कार ध्वस्त भए । घटनाका बेला पानी परिरहेको थियो ।

समाचार एजेन्सी पिटिआईको खबर अनुसार घटना नगाल्याण्डको चुमोकेडिमा जिल्लाको हो । अधिकारीका अनुसार एक व्यक्तिको घटनास्थलमा नै निधन भएको छ भने अर्का एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

तीनै जना घाइतेको अस्पतालमा उपचार चलिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै