Comments Add Comment

Advertisment

SKIP THIS

सचिव राउतसहितको रिटमाथि आज पनि सुनुवाइ हुने

४ साउन , काठमाडौ । ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा सिआइबीको हिरासतमा रहेका सञ्चार सचिब कृष्णबहादुर राउतसहितको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासमा बुधबार पनि बहस हुँदाहुँदै समय सकिएपछि उक्त विवादमा आज सुनुवाइ हुने भएको हो ।

उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधिरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो ।

सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै