Comments Add Comment

Advertisment

SKIP THIS

सय किलो सुन ल्याउने दिलिपको पारिवारिक अवस्था नाजुक, घटनाले गाउँले चकित

८ साउन , काठमाडौ । सय किलो सुन नेपाल ल्याउने रेडी ट्रेड नामक कम्पनीका सञ्चालककै घरमा न्यूज २४ ग्यालेक्सी टिम पुगेको छ ।

नेपालको इतिहाँसमै सय किलो सुन समातिएको यसैपटक हो । जसको मूल्य १ सय करोडभन्दा बढी हुन्छ । सय करोडभन्दा बढी रुपैयाँको सुन ल्याउने मान्छेको घर मै पुग्दा आश्चार्य लाग्छ । २१ वर्षका दिलिप भुजेलको कम्पनीले मोटरसाइकलको ब्रेक सुमा जोडेर सुन ल्याएको थियो । त्यो सुन समातिएपछि २१ वर्षका युवक दिलिप पनि समातिएका छन् ।

दोलखाको चरिकोटबाट साढे चार घण्टाको मोटरसाइकल यात्रापछि टिभी जर्नलिष्ट सुशीला कार्की दिलिप भुजेलको गाउँ पुगेकी छन् । दिलिपको घर, परिवार र परिवेश हेर्दा सय किलो सुन यिनले कसरी ल्याए होलान् ? भन्ने प्रश्नमा मनमा उब्जिन्छ ।

तस्बीरमा देखिएको यो घर सय किलो सुन नेपाल ल्याउने कम्पनीका मालिक दिलिप भुजेलको हो । कानुनको दृष्टिमा रेडी ट्रेडका सञ्चालक २१ वर्षका दिलिप भुजेल हुन् । यो घर उनै भुजेलको हो ।

दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटी गाउँमा रहेको यो घरमा हाम्रो टोली पुग्दा दिलिपकी आमासँग भेट भयो । रेकर्ड ब्रेक गर्ने परिमाणमा तस्करी भएको सुनका बैधानिक मालिक दिलिप र उनको परिवारको अवस्था देख्दा एक साथ कैयन प्रश्नहरु उत्पन्न भए । यता दिलिप प्रहरी हिरासतमा छन् ।

उता उनकी आमा छोरालाई धूर्तहरुले फसाए भन्दै विलौना गरिरहेकी छिन् ।

यो घर र परिवेशले नै भुजेल परिवारको आर्थिक अवस्था थाहा हुन्छ । उनकै आमाले दिएको जानकारीअनुसार दिलिप निर्माण क्षेत्रका सामान्य ज्यामी वा मजदुर मात्रै हुन् ।

गाउँमा गरिखाने मेलो नभएपछि उनी १० महिना अघि काठमाडौं जान्छु भनेर घरबाट निस्केकाथिए । काठमाडौंमा पनि उनी सुरुमा ज्यामी नै बने ।

ज्यामी काम छाडेर उनी चाउमिन बनाउने उद्योगमा काम गरे । त्यसपछि रेष्टुरेन्टहरुमा चाउमिनका प्याकेट पुर्याउने काममा लागे ।

२१ वर्षमात्रै पुगेका दिलिपले हालसालै बिहे पनि गरेका थिए । दिलिपकी पत्नीको पनि आफ्नी सासुले झै अरुले फसाएको निक्र्यौल निकालेकी छिन् ।

रेडी ट्रेड प्रालि भन्ने कम्पनीको सञ्चालकमा दिलिपकै नाम छ । यस्तो कम्पनी किन खोलियो रु कसले खोलिदियो ?

भन्ने बारे दिलिपको परिवार बेखबर छ । गाउँमा गरिखाने उपाय नभेटेपछि ज्यामी काम गर्न काठमाडौं पसेको युवक १ अर्बभन्दा बढीको सुन आयात गर्ने कम्पनीको मालिक भन्दा गाउँमा पनि कसैले पत्याएका छैनन् ।

एउटा मामुली ज्यामीलाई फसाउने काम भएकोले सत्यतथ्य छुट्याएर न्याय गरिनु पर्ने छिमेकीहरुले माग गरेका छन् ।

रेडी ट्रेड प्रालिको नाममा हङकङबाट आएको मोटरसाइकलको ‘ब्रेक सु’मा करिब सय किलो सुन राखिएको भेटिएपछि अहिले दिलिप र उनका मामा रामुकमार भुजेलसहित केही मानिसहरु अहिले प्रहरी हिरासतमा छन् । दिलिप गएको बुधबार राति काठमाडौंको साँखुबाट समातिएका थिए । हिरासतमा राखेर उनीमाथि अनुसन्धान भइरहेको छ ।

मामा रामकुमारले भनेपछि खोलेका थिए रेडी ट्रेड, रामकुमारको घरमा पनि सन्नटा

नातामा दिलीपका मामा पर्ने रामकुमार भुजेलले फकाएपछि दिलिप कम्पनीका सञ्चालकका रुपमा बसिदिन तयार भएका थिए ।

कम्पनीको सञ्चालकका रुपमा बसिदिँदा २० हजार रुपैयाँ दिने भन्दै रामकुमारले दिलिपलाई प्रभावमा पारेका थिए । २०७९ चैत १९ मा रेडी टे«ड कम्पनी दर्ता भएको कम्पनी रजिस्ट्रारको कार्यालयको रेकर्डमा छ । कम्पनीको उद्देश्यमा चाहिँ विदेशबाट सामान आयात गर्ने उल्लेख छ ।

यता, उनका मामा रामकुमार भुजेल पनि सुन तस्करीको आरोपमा पक्राउ परीसकेका छन् । रामकुमार स्वयम्भूमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्ने गरेको बुझिएको छ । उनको पनि रहन सहन सामान्य छ । घरमा रामकुमारकी आमा एक्लै बस्दै आएकी छिन् । रामकुमारको घरमा पनि यो घटना पछि सन्नटा छाएको छ ।

ठूलो मात्रामा सुन तस्करले उम्काएको आशंका, थप सुन खाज्दै राजस्व अनुसन्धान विभाग

भन्सार विभागले दिएको जानकारी अनुसार रेडी टे«डको नाममा कुल २८ पटक समान आयात भएको पाईएको छ ।

जसमा १५ पटक ब्रेक प्याड, १२ पटक सेभर मेसिन र एकपटक मेकानिकल मोटर आयात भएको छ । ब्रेक प्याड र सेभर चीनबाट आयात भएको छ भने मेकानिकल मोटर ताइवानबाट आयात भएको छ । हाल ब्रेक प्याडको रुपमा आयात भएको सुन मात्रै बरामद भएको हो ।

त्यसभन्दा अगाडि विभिन्न मितिमा २७ पटक यो कम्पनीले भन्सारबाट समान फुत्काई सकेको छ । हङकङबाट क्याथे प्यासिफिकको उडानमा असार २९ ९शुक्रबार० ३६ वटा कार्टुन भित्रिएको भन्सार विभागले जनाएको छ ।

९ वटा कार्टुन रेडी टे«डको नाममा आएको छ भने अन्य कार्टुन दोलखा इल्क्ट्रिक र एमुना इन्टरप्राइजेज कम्पनीको नाम आयात भएको छ । रेडी र दोलखा कम्पनी काका भतिजको नाममा दर्ता भएको बुझिएको छ । भित्रिएको ३६ वटा मध्ये ८ वटा कार्टुन मात्रै राजस्व अनुसन्धान विभागले बरामद गरेको छ ।

फेला परेका अन्य ६ कार्टुन हालसम्म अनुसन्धानमा छन् । तीमध्ये आइतबार ५ कार्टुन, सोमबार १० कार्टुन र मंगलबार ८ कार्टुन गरी १५ कार्टुन जाँचपास भइसकेको छ ।

१५ कार्टुन सामान सहजै गिरोहले फुत्काएको अनुमान लगाउन सकिन्छ । ८ कार्टुनमा मात्रै एक क्वीन्टल सुन पत्ता लागीरहेको अवस्थामा अन्य कार्टुनको बारेमा पनि स्वाभाविक रुपमा प्रश्न उठेको छ ।

सुन तस्करहरुले नेपालको बाटा हुँदै भारतमा तस्करी गर्न सुन आयात गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । अनुसन्धानका क्रममा विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङ र चिनियाँ नागरिक जेक्युयाङ लीनलाई एजेन्टको रुपमा पक्राउ गरेको छ ।

उनीहरु दुवै जना सुन तस्करीमा संलग्न मुख्य गिरोहका सहयोगी रुपमा सक्रिय रहेको भन्दै पक्राउ गरीएको हो ।

हलसम्म सुन तस्करीका सहयोगीहरू मात्रै पक्राउ परेका छन भने तीन जना कर्मचारी निलम्बनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment