१८ साउन , काठमाडौ । आगामी भदौ ८ गतेबाट प्रदर्शनको तयारीमा रहेको ‘जय हो’को गीत समाजिक सञ्जाल टिकटक र युट्युबमा रुचाइएको छ । गत साउन १२ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच रिलिज गरिएको सिनेमाको गीत राजा रानीलाई दर्शकले रुचाएका हुन् ।
गीत रिलिजको ६ दिनमा युट्युवमा ५ लाख बढि भ्युज भएपनि टिकटकमा गीतका केही लाइनहरु दर्शकले रुचाएका छन् । ती लाइनमा एक दमै धेरै टिकटक भिडियोहरु निर्माण भएका छन् । जसले सिनेमाको प्रचारमा निककै फाइदा पुगेको विश्वास निर्माण टिमको छ । राजा रानी गीतमा सागर आलेको शब्द, संगीत तथा स्वर रहेको छ । उनलाई गीतमा सदिक्षा कट्टेलले गायनमा साथ दिएकी छन् ।
टेक पौरखी राईको निर्देशन निर्माण भएको सिनेमामा अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, माओत्से गुरुङ, निशा अधिकारी, प्रेम पाण्डे, दिपा शाक्य श्रेष्ठ, सुबि मगर, सुमिन गुरुङ, सुशान्त श्रेष्ठ लगायतका कलाकारको पनि अभिनय रहेको छ । सिनेमाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।
सिनेमामा सम्राट बस्नेत द्धन्द्व निर्देशन, कविराज गहतराज र रामजी लमिछानेको कोरियोग्राफी, बनिश शाहको सम्पादन, गौतम राज खड्काको सह९सम्पादन, समीर मियाँको भिएफएक्स रहेको सिनेमाका मुख्य सहायक निर्देशक दिप्तप्रकाश अधिकारी हुन् ।
मुस्ताङ र कास्कीका विभिन्न रमणीय स्थानमा खिचिएको सिनेमामा सुरेश न्यौपानेको कथा लेखन, सौरभ लामाको छायांकन, शम्भुजित बाँस्कोटा र सागर आले मगरको संगीत छ । कमेडी, एक्सन र लभस्टोरीको समिश्रण रहेको सिनेमाका निर्माता राज के अधिकारी र सुरज सरकार हुन् । आगामी भाद्र ८ अर्थात् अगष्ट २५ बाट सिनेमा प्रदर्शनमा आउनेछ ।
सलोन सलिना फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमालाई उपत्यकामा डिसिएन तथा रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले वितरण गर्दैछ ।



