Comments Add Comment

Advertisment

SKIP THIS

के पुजा शर्मालाई टक्कर दिने मोडल बन्छिन् त सन्चिता शाही ?

९ मंसिर, काठमाडौ । नेपाली म्युजीक भिडियोको क्षेत्रमा दुईसय बढी भिडियोमा काम गरिसक्नुभएकी सन्चिता शाहीलाई लागेको थिएन यतिका दर्शकको मनमा बस्न सक्छु भन्ने आजभन्दा झण्डै पाँचबर्ष अघि पहिलोपटक आधुनिक गीत ‘भिक्षा’बाट अभिनय यात्रा सुरु गर्नुभएकी सन्चितालाई त्यो समयमा लागेको थिएनकी लाखौं दर्शकको माया पाउँछु ।

काम गर्दैगर्दा एकदिन सबैदर्शकको मनमा बस्छु भन्ने सपना बोकेर अगाढी बढेको सन्चिता सुनाउनु हुन्छ । उहाँ आज त्यो सपना पुरा भएको देख्दा खुसी हुनुहुन्छ । सानैदेखी चञ्चले सन्चिता गीतसंगीत, भिडियो, नाँचगान भनेपछि हुरुक्कै हुनुहुन्थ्यो रे ।

दैलेखको काँसीकाँध ५ मा जन्मिनुभएकी सन्चिता आफू आठबर्षको उमेरदेखी नै गाउँघरमा हुने साना कार्यक्रममा नाँच्न पुग्नुहुन्थ्यो । सानैदेखी नयाँ कुरा सिकिहाल्नुपर्ने, जिज्ञासु स्वभाव भएकालेनै आज सन्चिताको नेपाली म्युजीक भिडियोको क्षेत्रमा छुट्टै पहिचान छ । पछिल्लो समय संख्यात्मक हिसाबले धेरै बनाउनका लागी सन्चिताले भिडियोमा काम गर्ने भन्दा पनि गुणस्तरिय भिडियोमा काम गर्ने गरेको बताउनुहुन्छ ।

‘अफर धेरै आउँछन् तर कतिपय निर्माण गर्ने टिमले लापरवाही गरेको पाइन्छ । केहि भिडियोमा त्यस्तो गरेको पनि पाएकी छु । गीतको अडियो राम्रो हुँदा हुँदै भिडियो राम्रो भएन भने दर्शकको मनमा नबस्न सक्छ ।

त्यसैले आजभोली भिडियो गर्न केहि कम र गुणस्तरमा ध्यान दिन खोजेको हो ।’ सन्चिताले भन्नुभयो । ‘त्यसो भनिरहँदा अधिकांश निर्माण कम्पनीहरु भने भिडियो मेकिङमा धेरै मिहिनत गर्नुहुन्छ ।’

सन्चितालाई झण्डै पाँचबर्ष अगाडी सार्वजनिक बिष्णु माझि र मौसम गुरुङको स्वरमा रहेको ‘अन्धोपन’ बोलको गीतले दर्शकमाझ थप चिनाउन मद्धत ग¥यो । त्यसपछि उहाँलाई भिडियोमा अफर निकै आउन थाले र ब्यस्तता पनि निकै बढ्यो । त्यसपछि सन्चितालाई पछाडी फर्केर कहिल्यै हेर्नुपरेन । ‘चेली, औंठी सुनैको, आमा, भयौ परदेशी, अन्तिम भेट’ बोलका गीतहरु पनि हिट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment