Comments Add Comment

Advertisment

SKIP THIS

कोशी प्रदेशमै जिल्ला प्रहरी कार्यालय सुनसरी सर्वोत्कृष्ट

२७ साउन ,काठमाडौ । जिल्ला प्रहरी कार्यालय सुनसरी कोशी प्रदेशकै अब्बल प्रहरी कार्यालय बन्न सफल भएको छ । आज (शुक्रबार) कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको प्रतिवेदनका आधारमा सुनसरी प्रहरी कार्य सम्पादनमा सर्वोत्कृष्ट ठहरिएको हो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डीआइजी) राजेशनाथ बास्तोलाका अनुसार आव २०७९र०८० को कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा जिल्ला प्रहरी कार्यालय सुनसरी सर्वोत्कृष्ट भएको हो ।

२०७९/०८० को लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अर्न्तगत सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरूमध्ये जिल्ला प्रहरी कार्यालय सुनसरी सर्वोत्कृष्ट भएको डीआईजी बास्तोलाले बताए ।

‘कोशी प्रदेशअन्तर्गत रहेका सम्पुर्ण जिल्ला प्रहरी कार्यालयहरुबाट सम्पादित कार्यहरुको तोकिएको सुचाँकको आधारमा हामीले यसरी नतिजा प्रकाशित गरेका हौं,’ डीआईजी बास्तोलाले भने ।

प्रदेश प्रहरी कार्यालयले अपराध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षाको अवस्था, सामाजिक उत्तरदायित्व र कार्यालय प्रमुखको व्यवहारका आधारमा प्रदेशबाट खटिएको टोलीले प्रदेश अन्तर्गतका प्रहरी कार्यालयको मूल्यांकनपछि निर्णय गरिएको हो ।

अहिले जिल्ला प्रहरी कार्यालय, सुनसरीको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) प्रभु प्रसाद ढकालले गरिरहेका छन् । अपराध हुनै नदिने यदी भइहाले अपराधी पक्राउ गरेर कानुनी कठघरामा उभ्याइहाल्ने गतिविधि गर्दै आइरहेका एसपी ढकाल एउटा इमान्दार प्रहरी अधिकृत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै