काठमाडौं– सुन तस्करी प्रकरणमा जोडिएको आरोप लागेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ।
सीआईबी स्रोतले राहुल अहिले सीआईबीकै नियन्त्रणमा रहेको नेपाल प्रहरीले जानकारी दियो।
यता राहुलले भने सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफूमाथि आरोप लागेपछि सीआईबीमा आफैं उपस्थित भएको बताएका छन्।
इलेक्ट्रिक चुरोट (भेप) मार्फत् भएको ९ किलो सुन तस्करीमा जोडिएको आरोप राहुलमाथि लाग्दै आएको थियो। उक्त प्रकरणमा अन्य व्यक्तिहरु पक्राउ परेर यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।




