Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका हवल्दारलाई बालिका अपहरण गरेको आरोप

१० मंसिर , काठमाडौ । बैतडीमा कार्यरत एक प्रहरी हवल्दारमाथि बालिका अपहरण गरेका आरोप लागेको छ। सुर्नया गाउँपालिका–२ पलेटा घर भएकी १६ वर्षीया उपासना चन्दलाई बैतडीको सत्बाँझ अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार गजेन्द्रबहादुर बिष्टले अपहरण गरेको आरोप लागेको हो।

सिलाई सिक्नका लागि उपासना अछामको ठाटीखानमा बस्दै आएकी थिइन्। प्रहरीले सोही ठाउँबाट उनलाई अपहरण गरी बन्धक बनाएको उपासनाका दाजु कर्णबहादुर चन्दले दाबी गरे।

चन्दले बिहीबार जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै प्रहरी हवल्दार बिष्टमाथि कारबाहीको माग गरेका छन्। उनले प्रहरी हवल्दारले नै उपासनालाई अपरहण गरेको केही प्रमाण फेला परेको निवेदनमा उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment