Comments Add Comment

Advertisment

SKIP THIS

मोरङबाट स्रोत नखुलेको ९ लाख १७ हजार रकमसहित एक व्यक्ति पक्राउ

विराटनगर । मोरङको विराटनगरमा स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बल मोरङले दिएको जानकारीअनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रूपैयाँ नगदसहित विराटनगर महानगरपालिका- १४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन् ।

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो । यो क्षेत्र नेपाल–भारत सिमानामा पर्छ ।

प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरी पक्राउ परेका थिए ।

खानतलासी गर्दा सिटमुनि नगद फेला परेको थियो । थप अनुसन्धानको लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै