Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपी वसन्त कुँवरसहित उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा जाँदै

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारी कोरिया भ्रमणमा जाने भएका छन्।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को निमन्त्रणामा प्रहरी टोली साइबर सुरक्षाको विषयमा बुझ्न साताव्यापी भ्रमणमा जान लागेको हो।

महानिरीक्षक नेतृत्वको टोलीमा एआइजीद्वय टेकप्रसाद राई र मीरा चौधरी, डिआइजीद्वय विकाराज खनाल र फणिन्द्र बराल, एसएसपीद्वय भूपेन्द्रबहादुर खत्री र नवीन्द्र अर्याल छन्। त्यस्तै, गृह मन्त्रालयका केही कर्मचारी पनि टोलीमा जाने तय भएको छ।

कोइकाले नेपाल प्रहरीको साइबर ब्युरोको भवन बनाउने प्रक्रिया अघि बढाएको छ। कोरियाले साइबर सुरक्षालगायतका विषयमा गर्दै आएको कामको विषयमा सो भ्रमण हुन लागेको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै