Comments Add Comment

Advertisment

SKIP THIS

रौतहटमा आफ्नै छिमेकी शाहले छुरा प्रहार गरी यादवको हत्या गरे 

काठमाडौं : रौतहटमा शुक्रबार बेलुका ९ बजे कटहरिया नगरपालिका-५ का २५ वर्षीय सुनिल यादवको छुरा प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दामोदर केसीले जानकारी दिए।

सुनिलमाथि उनकै छिमेकी ५० वर्षीय रामबाबु शाहले छुरा प्रहार गरेको डिएसपी केसीले बताए।

डिएसपी केसीका अनुसार सुनिल र रामबाबु छिमेकी हुन्। उनीहरूबीच शुक्रबार सामान्य विषयमा भनाभन भएको थियो।

बेलुका सुनिलको घरभित्र छिरेर उनीमाथि रामबाबुले छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट गम्भीर घाइते भएका सुनिललाई उपचारका लागि गौर पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

छुरा प्रहार गर्ने रामबाबुलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय गौरमा राखिएको छ। घटनामा थप अनुसन्धान भइरहेको डिएसपी केसीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै