Comments Add Comment

Advertisment

SKIP THIS

टीकापुर घटनाका संलग्न एकजना पोखरा बाल सुधार गृहबाट रिहा, कैलाली कारागारमा स्वागत गर्न रन्जिता पुगिन्

३ असोज , काठमाडौ । टिकापुर घटनामा संलग्न रहेका थप एकजना पोखरा बाल सुधार गृहबाट रिहा भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसको अवसरमा फौजदारी कसुर ९सजाय निर्धारण तथा कार्यान्वयन०ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि कैलालीका २३ वर्षीय श्रवण चौधरी बुधबार रिहा भएको पोखरा बाल सुधार गृहका प्रमुख अजय थापा क्षेत्रीले जानकारी दिए ।

२०७२ भदौ २५ पक्राउ परेका चौधरीलाई माघ १५ गते बाल सुधार गृहमा ल्याइएको थियो । १० वर्ष कैद सजाय भोगिरहेका चौधरीलाई राष्ट्रपति पौडेलले संविधान दिवसको अवसरमा बाँकी कैद माफी गरिदिएका हुन् ।

यसअघि सो मुद्दामा ३ तहको अदालतबाट दोषी ठहर भएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भइसकेका छन् ।

पोखरामा रिहा भएकालाई स्वागत गर्न नागरिक उन्मुक्ति गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ पुगेका थिए
यस्तै आजै कैलाली जिल्ला कारागारमा रहेका तीन जना पनि रिहा हुँदैछन् ।

कैलाली कारागारका प्रमुख पदमराज तिमिल्सिनाका अनुसार टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा हुन लागेका हुन् ।

उनीहरूको स्वागतका लागि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी त्यहाँ पुगेकी छन् ।

उनले कारागारमा रहेका उनीहरू ३ जनासहित ९ जना रिहा हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment