Comments Add Comment

Advertisment

SKIP THIS

शिक्षकसँग वार्ताको जिम्मेवारी गृहमन्त्रीलाई, कार्यवाहक प्रधानमन्त्री भन्छन्- सरकार सहमतिबाट पछि हट्दैन

४ असोज , काठमाडौ । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारको तर्फबाट शिक्षकहरुसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने बताएका छन् ।

उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा शिक्षक आन्दोलनबारे ब्रिफिङ गर्दै प्रधानमन्त्रीसँग छलफल गरेर गृहमन्त्रीलाई जिम्मेवारी दिएको बताए ।

बिहान एक चरणमा छलफल भइसकेकाले आजै बेलुका अर्को चरणमा छलफल हुने बताए । उनले अहिलेको अर्थतन्त्रमा थप भार नपर्ने गरी सबै माग पूरा गर्नेगरी जाने उनले बताए ।

उनले वार्तामा सरकारले गरेको सहमति कार्यान्वयन गरेरै छाड्ने बताए । शिक्षा नियमावलीमा राख्नुपर्ने बाँकी विषय छलफल र वार्ता गरेर टुंग्याउने उनको भनाइ छ । मागअनुसार सहमति कार्यान्वनयमा सरकार पछि नहट्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment