Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीमा सर्कुलर : अत्यावश्यकबाहेक दसैं बिदा नलिन निर्देशन

१० असोज , काठमाडौ । नेपाल प्रहरीका कार्यरत प्रहरी कर्मचारीहरुले अत्यावश्यकबाहेक दसैं बिदा नपाउने भएका छन् । प्रहरी प्रधान कार्यालयले दसैंमा घर बिदा नलिन र त्यस्तो बिदा स्वीकृत नगर्न मातहतलाई निर्देशन जारी गरेको हो ।

प्रदेश प्रहरी कार्यालय र ७७ वटै जिल्लाका इन्चार्जहरूलाई सर्कुलर गरेर प्रहरी प्रधान कार्यालयले भनेको छ, ‘अत्यावश्यक बाहेक कसैलाई पनि पर्व बिदा नदिनु ।’ जिल्लाका इन्चार्जहरूलाई दसैंमा बिदा नलिन र मातहतका कर्मचारीलाई बिदा नदिन सर्कुलर गरिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

सोही क्रममा प्रधान कार्यालयले नजिकिँदै गरेको दसैं, तिहार र छठपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक ९डिआईजी० कुवेर कडायतले नजिकिँदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रबन्धसहित सुरक्षा योजना तयार पारी लागू गर्न सर्कुलर जारी गरेको जानकारी दिए ।

डिआईजी कडायतका अनुसार चाडपर्वमा घटना, दुर्घटना तथा आपराधिक गतिविधि रोक्ने गरी सुरक्षा व्यवस्थालाई चुस्त–दुरुस्त पार्ने गरी सुरक्षा योजना बनाएर लागू गर्न भनिएको छ ।

विशेष सुरक्षा योजना लागू भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिन्छ भने सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलापहरू रोक्न लागि प्रहरीलाई चुस्त रूपमा परिचालन गर्ने गरिन्छ ।

केही दिनअघि प्रहरी महानिरीक्षक ९आईजी० बसन्त बहादुर कुँवरबाट प्रदेश प्रमुख तथा महानगरीय प्रहरी कार्यालय प्रमुखलाई भर्चुअल बैठकमार्फत् आवश्यक रणनीति बनाउन निर्देशन भइसकेको र सोहीअनुसार जिल्लालाई समेत वस्तुस्थितिअनुसार योजना बनाउन निर्देशन दिइसकेका छन् ।

आईजी कुँवरले दिएको निर्देशनअनुसार अहिले ७७ जिल्लाका प्रहरी कार्यालय विशेष सुरक्षा योजना निर्माणमा जुटेका छन् । प्रवक्ता कडायतले कतिपय जिल्लाले सुरक्षा योजना तयार पारिसकेको र कतिपय जिल्लाले अन्तिम तयारीमा जुटेको जानकारी दिए ।

केही दिन भित्रैमा औपचारिक रुपमा चाडबाड केन्द्रित सुरक्षा योजना लागु हुने प्रवक्ता कडायत बताउँछन् ‘प्रहरीको सुरक्षा योजना सधैं नै हुन्छ, तर चाडबाडका बेला अझै गस्ती बढाउने, सुरक्षा चौकी थप्ने र नाकामा विशेष ध्यान दिनुपर्ने आवश्यकता रहन्छ । मातहतका प्रहरी कार्यालय त्यसैमा जुटिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment