Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीका डिएसपी दिनेश घिमिरेको एक सय ३५ औं कविता : तिम्रो आवाज

तिम्रा हरेक शब्दमा म जन्मन्छु
एउटा स्वतन्त्र अस्तित्व लिएर
तिमी स्विकार् वा नस्विकार्
म तिमी भित्रबाट आउछु
अनि तिम्रो आवाज बन्छु।

तिम्रा हरेक सम्बन्धमा म आउछु
एउटा स्वतन्त्र अस्तित्व लिएर
तिमी स्विकार् वा नस्विकार्
म तिम्रा हरेक भावनामा आउछु
अनि तिम्रो आवाज बन्छु।

तिम्रा हरेक भाबहरूमा म आउछु
एउटा स्वतन्त्र अस्तित्व लिएर
तिमी स्विकार् वा नस्विकार्
म तिम्रा हरेक सुख दुखमा
म तिमी भित्रबाट आउछु
अनि तिम्रो आवाज बन्छु।

तिमी मलाई महशुस गरेर त हेर
म तिमी भित्रको आवाज हुँ
म हर दिन हर समय मात्र तिम्रो हुँ
किनकी तिमी मेरो निम्ति भाषा हौँ
म स्वयं तिमी भित्रबाट आउछु
अनि तिम्रो आवाज बन्छु।

तिम्रा हरेक शब्दमा म जन्मन्छु
तिम्रा हरेक सोचहरूमा म छु
तिमी आफैले मान या नमान
म तिम्रो निम्ति एउटा स्वतन्त्र
गाथा बोकेर सुगन्ध भरिरहेछु
अनि तिम्रो आवाज बनिरहेछु।

मेरा हरेक बिचारमा तिमी आउछौ
मेरा हरेक कृयामा तिमी आउछौ
म तिमीसगै समय भोगिरहेछु
तिमी सदैव मसगै आभाषमा छौ
तिमी हरेक सुर्यमा उदाउछौ
म तिमीसँग दिनभर खेलिरहन्छु
अनि कुरिरहन्छु अर्को उदयलाई।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै