Comments Add Comment

Advertisment

SKIP THIS

बुढानीलकण्ठबाट खैरो हेरोइनसहित युवक पक्राउ

२३ असोज , काठमाडौ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर नजिकैबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय सन्दीप भन्ने समीर राई छन् । आरोपीको साथबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । समीर बुढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा बस्छन् ।

घटनाबारे प्रहरी प्रभाग बुढानीलकण्ठले अनुसन्धान गरिरहेको छ । समीरको बयानको आधारमा लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

८ किलो गाँजासहित युवक पक्राउ

लागूऔषधसहित एक युवक पक्राउ