Comments Add Comment

Advertisment

SKIP THIS

नवलपरासीबाट प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद

काठमाडौं: नवलपरासी प्रहरीले भन्सार छलेर ल्याइएको १२ लाख बराबरको कपडा बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमान्डमा आज बिहान ५ बजे नवलपरासीको सराव गाउँपालिका-७ बुलन्दपुरबाट भन्सार छलेर ल्याइएको सामान बरामद गरेको हो।

भन्सार छलेर कपडा ल्याउँदै गरेकाहरू प्रहरीलाई देखेर कपडा फालेर भागेका थिए।

उक्त कपडाहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको र अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै