
२९ मंसिर , काठमाडौ । नगरपालिका नेपालको एक प्रशासनिक क्षेत्र हो। नेपालको संविधान २०७२ मा भएको सङ्घीय व्यवस्था अनुसार हाल नगरपालिकाहरू प्रदेशभित्र राखिएको छ।
नेपालको सहरी जनसङ्ख्या निर्दिष्ट नगरपालिका क्षेत्रमा बसोबास गर्ने निवासीहरूलाई सन्दर्भित गर्दछ। वि.सं. २०१८ तदनुसार सन् १९६१ देखि नेपालमा सहरी क्षेत्रहरूको घोषणामा जनसङ्ख्याको आकारलाई प्रमुख मापदण्डको रूपमा लिने गरिएको छ।
तसर्थ नगरपालिकाले ग्रामीण क्षेत्रलाई पनि समावेश गर्न सक्दछ। नगरपालिकाले जिल्लाको उप-एकाइको रूपमा कार्य गर्दछ। नेपालमा हाल रहेका २९३ नगरपालिकाहरूको वि.सं. २०६८ को जनगणना अनुसार समग्रमा हेर्दा १,६६,५६,०५७ जनसङ्ख्या रहेको छ।
नेपालका नगरपालिकाहरूलाई महानगरपालिका (५,००,०००ं जनसङ्ख्या), उपमहानगरपालिका (२,००,०००ं जनसङ्ख्या) र नगरपालिका ९१०,०००ं जनसङ्ख्या० गरि तीन श्रेणीमा विभाजित गरिएको छ। नेपालमा हाल ६ महानगरपालिका, ११ उप-महानगरपालिका र २७६ नगरपालिकाहरू रहेका छन।



