Comments Add Comment

Advertisment

SKIP THIS

दैलेखमा भएको झडपमा संलग्न तीन जनालाई २४ घण्टाभित्र प्रहरीले पक्राउ

दैलेख । दैलेखको भैरवी गाउँपालिका–४ सिलंगीमा भएको झडपमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

घटना भएको २४ घण्टाभित्र शुक्रबार बेलुका प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । बिहिबार बेलुका भएको झडपमा सुर्खेतको वीरेन्द्रनगर–२ का २० बर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको थियो।

पक्राउ पर्नेमा भैरवी गाउँपालिका–४ का झपिन शाही, धर्मराज अधिकारी र मनिषा रिजाल रहेका छन्। उनीहरूलाई भैरवी गाउँपालिकाकै विभिन्न स्थानबाट पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ ।

झडपमा मृत्यु भएका किशोरका जेठान नाता पर्ने सुमन शाही पनि घाईते भएका थिए। उनलाई दुल्लु अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ। घाईते भएका किशोरलाई थप उपचारका लागि कर्णाल प्रदेश अस्पताल लगिएको थियो।

शुक्रबार बिहान साढे २ बजे उपचाका क्रममा उनको मृत्यु भएको थियो। नियन्त्रणमा लिईएका व्यक्तिहरूलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै