Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली सेनाविरूद्ध घृणा फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ

काठमाडौँ । नेपाली सेनाविरूद्ध घृणा फैलिएको  आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय डिल्लीराम खनाललाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

खनाललाई सोमबार पक्राउ गरिएको थियो । उनले सेनाप्रति घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रदर्शन गरेको भन्दै सेनाले साइबर ब्युरोलाई पत्र लेखेको थियो । सोही पत्रको आधारमा खनाललाई पक्राउ गरिएको हाे ।

खनाल यसअघि पनि अभिनेत्री करिष्मा मानन्धरको चरित्र हत्या गरेको आरोपमा पनि पक्राउ परेर धरौटीमा छुटेका थिए । उनीविरूद्ध विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कसुरमा थप अनुसन्धानको लागि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै