Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौं‌ महानगरले छाडा चौपायालाई दक्षिणकालीको काञ्जीहाउसमा राख्ने

काठमाडौं‌ महानगरपालिकाले छाडा चौपायालाई काञ्जीहाउसमा राख्ने भएको छ । महानगरले काठमाडौंका सडकमा भेटिने गाईबस्तु कात्तिक २३ गतेदेखि संकलन गरेर दक्षिणकाली नगरपालिका-७ कोपुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने भएको हो ।

सवारी दुर्घटनाको जोखिम घटाउन र उनीहरूलाई जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागिएको मेयर बालेन्द्र शाहले बताए । ‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन् , तिर्खा लागेका बेला पानी पाउँदैनन् , बिरामी पर्दा उपचार पाउँदैनन् । सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ,’ सामाजिक सञ्जालमार्फत् उनले भनेका छन्, ‘उनीहरूलाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ ।’

काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरेर ल्याइसकिएको उनले बताएका छन् । हेरचाह गर्न २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा लिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै