Comments Add Comment

Advertisment

SKIP THIS

पाटन अस्पतालमा डाक्टरमाथि मुक्का : दोषी पक्राउ गर्न २४ घण्टे अल्टिमेटम

२३ कात्तिक , काठमाडौ ।  पाटन अस्पतालमा चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गर्न २४ घण्टे अल्टिमेटम दिइएको छ ।

रेजिडेण्ट चिकित्सक संघले बुधबार विज्ञप्ति जारी गरी घटनामा संलग्नलाई २४ घण्टाभित्र पक्राउ गरी कानुननी दायरामा ल्याउन माग गरेको हो।

पाटन अस्पतालको जेष्ठ नागरिक वार्डमा कार्यरत डाक्टरमाथि कार्तिक १८ गते साँझ आक्रमण, तथा दुर्व्यवहार भएको चिकित्सकहरुको भनाइ छ ।  वार्डमा उपचाररत २ बिरामीको मृत्यु भएको विषयमा मृतकमा आफन्तले दुई चिकित्सकलाई मुक्का प्रहार गरेका थिए ।

त्यसैको विरोधमा पाटन अस्पतालका आवासीय चिकित्सकहरुले केहीदिन देखि सेवा बन्द गर्दै आएका थिए ।

आफ्नो कर्तव्य पुरा गर्दैगर्दा कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्की दिएका स्वास्थ्यकर्मीहरुलाई बन्धक बनाइ स्वास्थ्य सेवा प्रवाहमा दखल पु¥याएको आरोप छ ।

घटनाप्रति रेजिडेण्ट चिकित्सक संघ संगठनहरुको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा भनिएको छ ।

दोषीलाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ पहिलो संशोधन २०७९ अनुसार दोषीलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । पाटन अस्पतालका चिकित्सकको आन्दोलनमा ऐक्वेवद्धता जनाउन अहिले रेजिडेण्ट चिकित्सकहरुले कालोपट्टी लगाएर काम गरिरहेका छन् ।

पाटन अस्पतालका चिकित्सकहरुले दिनुभएको जानकारी अनुसार निरन महर्जन र रोहन महर्जन नाममा व्यक्तिले चिकित्सकमाथि आक्रमण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment