२० चैत , काठमाडौ । ललितपुरको सानेपामा रहेको मेघा अस्पतालले मृत्युको मुखमा पुगेको एक महिलालाई नया जिवन दिएको छ ।
रौतहट जिल्ला घर भएकी हाल सिमरा बारा बस्दै आएकी ढढदेवी तिमल्सिनालाई गाउ समाजले बच्दिनन् भनेपछि ढढदेवीको छोरा शिव तिमल्सिना अनुसार: ”आफ्नो आमालाई सिमरा जिल्ला अस्पतालले बच्दिन्न् भनेपछि हामीले चैत्र १२ गते बेलुका ललितपुरको पाटन अस्पताल लगियो तर पाटन अस्पतालले सोहि राती १ बजे तपाईको बिरामीको मृत्यु तय छ यहा नराख्नु भनेर राती नै त्यहा बाट डिस्चार्ज गराएको बताउनु भयो ।”
तर आश्रर्य कुरा पाटन अस्पतालले डिस्चार्ज मात्र गरेन तपाईको आमा अबको एक-डेढ घण्टामा यस धर्तीमा रहनु हुन्न भनेर पाटनले रातारात बिरामी लखेटेको जानकारी न्युज24ग्यालेक्सीलाई आएको छ ।

ढढदेवी अथात बिरामीको छोरा शिव तिमल्सिनाले आमाको सास छन्जेल आश भनेर पाटन अस्पतालबाट लखेटिएसी ललितपुरकै सानेपामा रहेको मेघा अस्पतालमा आफ्नो आमालाई भर्ना गराए तर मेघा अस्पताल मेरी आमाको लागी अस्पताल मात्र नभएर भगवान् को घर रहेछ । जब मेघाले केहि घण्टामै आमा बोल्न सक्ने बनायो हामी परिवारले माया मरिसकेको मेरी आमा त्यो मुहार हेर्न पाउदा हामी परिवारनै धेरै खुसी भयौ ।
मेघा अस्पताले मेरी आमाको नया जन्म दिनुभयो भन्दै उनका छोरा रूदै न्युजद24ग्यालेक्सीसङ्ग कुरा गर्नुभयो ।
बिरामीको छोरा शिव तिमल्सिना भन्छन् : हाम्रो आमा अहिले मेघा अस्पतालका कारण हिडेर घर जान सक्ने बोल्न सक्ने भएकी छिन् हाम्री आमा फेरी जन्मनुभएको छ भन्दै खुसीका आशु झार्दै अस्पताल र सबै डाक्टरलाइ धन्यवाद भन्दै हिजो अस्पतालबाट सकुशल घर गएका छन् । VIDEO PLAY



