Comments Add Comment

Advertisment

SKIP THIS

आईजीपीको निर्देशन– ‘गुन्डागर्दी गर्नेसँग उठबस नगर्नू, लोभ/लालचमा पर्ने कसैलाई छाडिन्न’

२३ कात्तिक , काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले कुनै लोभ, लालचमा नपरी काम गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिएको बताएका छन् ।

स्कुपखबरसँगको कुराकानीमा आईजीपी कुँवरलले सबै प्रहरी अकिारीहरुलाई इमान्दारितापूर्वक जनताको सेवामा खटिन निर्देशन दिएको बताए । साथै, उनले लोभ, लालचमा पर्ने कसैलाई पनि नछाड्ने समेत बताए ।

आईजीपी कुँवरले भने, ‘अहिले व्यक्ति हेरेर काम गर्ने शैली मौलाएको छ, यसलाई अन्त्य गरी सबैलाई समान व्यवहार गर्नुस् ।’ उनले गुन्डागर्दी गर्नेहरुसँग समेत उठबस नगर्न निर्देशन दिँदै प्रहरीको छवि सुधार्नका लागि इमान्दारिता देखाउनु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै