Comments Add Comment

Advertisment

SKIP THIS

वैदेशिक रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै ३४ लाख ठगी गर्ने राजेश श्रेष्ठ पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि एस्टोनिया पठाइदिने भन्दै रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३५ वर्षीय राजेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। ठगी गरेको आरोपमा ५ जना पीडितले प्रहरीमा उजुरी दिएका थिए।

सोही उजुरीका आधारमा श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो ।

पक्राउ परेका श्रेष्ठले पीडित जनक बरालसहित पाँच जनालाई वैदेशिक रोजगारीका लागि इस्टोनिया पठाइ दिने बहानामा प्रतिव्यक्तिबाट सात लाखका दरले ३४ लाख १३ हजार रुपैयाँ लिएर फरार भएका थिए।

काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ परेका श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचाल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै