Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पठाइदिन्छु भन्दै ठगी गर्ने तामाङलाई पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कतार पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे-७ घर भइ हाल काठमाडौंको मनमैजु बस्ने ३३ वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।

तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धराबाट पक्राउ गरेको हो ।

तामाङले अनिता मगरातीलाई वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै एक लाख छयासी हजार रुपियाँ लिएर सम्पर्क विहीन भएको प्रहरीले जनाएको छ ।

तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै