Comments Add Comment

Advertisment

SKIP THIS

तिहारको दोस्रो दिन आज कुकुरकाे पूजा गरिँदै

२६ कात्तिक , काठमाडौ । यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ । तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

समितिका अनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ । तिथिअनुसार आज बिहान कुकुरको पूजा र साँझ लक्ष्मीपूजा गर्नुपर्ने समितिले जनाएको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ । कुकुरलाई मानव सुरक्षाको महत्वपूर्ण र बफादार सहयोगीका रूपमा परम्परागत रूपमा नै लिने गरिएको छ ।

धार्मिक मान्यता अनुसार कुकुरलाई यमराजको द्वारपालको रुपमा पूजा गर्ने गरिन्छ । विधान अनुसार लक्ष्मीपूजा भने औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

तिहारको तेस्रो दिन : आज गाई पूजा

Advertisment

छुटाउनुभयो कि? सबै

तिहारको तेस्रो दिन : आज गाई पूजा