Comments Add Comment

Advertisment

SKIP THIS

सालहाको दुई गोलमा लिभरपुल दोस्रो स्थानमा

२७ कात्तिक , काठमाडौ । मोहमद सालहाको दुई गोल मद्दतमा लिभरपुलले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३(० ले पराजित गरेको छ ।

घरेलु मैदान एनफिल्डमा गएराति भएको खेलमा सालहाले ३९औं र ६२औं मिनेटमा गोल गरे । यस्तै डिएगो जोटमले ७४औं मिनेटमा एक गोल गरे । जितपछि १२ खेलबाट २७ अंक जोडेर लिभरपुल दोस्रो स्थानमा उक्लेको छ र शीर्ष स्थानको म्यानचेष्टर सिटीसँग अंकदुरी एकमा झारेको छ ।

आर्सनल र लिभरपुलको समान अंक भए पनि लिभरपुल गोल अन्तरमा अघि छ । ब्रेन्टफोर्ड १२ खेलबाट १६ अंकसहित ११औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment