Comments Add Comment

Advertisment

SKIP THIS

नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने

काठमाडौँ । नेपाली कथानक चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण हुने भएको छ । पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतिमा मित्र प्रधान (नर) को प्रस्तुतिमा निर्माण हुन् लागेको यो चलचित्रले विदेशमा रहेका नेपालीको मुद्दालाई उठान गर्दै छ ।

अमेरिकामा रहेका नेपाली भुटानी साहित्यकार मित्र प्रधानले निर्देशन गर्ने यस चलचित्र “यो मन त मेरो नेपाली हो”ले नेपाली भाषा, साहित्य, कला, यसको इतिहास, महत्त्व र नेपाली भाषाको गौरवसँगै नेपाली को हुन् भन्ने विषय बस्तुलाई उठान गर्न खोजेको निर्देशक प्रधानले बताए।

शिवम् अधिकारीको लेखनमा निर्माण हुन लागेको चलचित्रले विश्वका विभिन्न देशहरूमा बसोबास गर्दै आएका नेपालीहरूले आफ्नो कला, संस्कार, संस्कृति बिर्सँदै गएको हुँदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्त्व र इतिहास दर्साउन खोजिएको बताइएको छ ।

चलचित्र “यो मन त मेरो नेपाली हो”मा अमेरिका, म्यानमार, भुटान र इन्डिया गरि चार देशका चार जना नेपाली भाषी अभियन्ताहरु नेपाल आएर, नेपाली भाषाको अध्ययन अनुसन्धान गरि नेपाली भाषाको महत्त्व, नेपाली वीरता र गोर्खालीहरु को हुन् ? नेपालीहरु कसरी भुटान, म्यानमार, इन्डियासम्म पुगे र त्यहाँका नेपालीहरूको अवस्था कस्तो छ भनेर यो फिल्मले बोल्दछ । फिल्म विशुद्ध राष्ट्र, राष्ट्रियता र नेपाली भाषा प्रति प्रेरित गर्ने समर्पित रहने लेखक शिवम् अधिकारीले बताए ।

“यो मन त मेरो नेपाली हो” को छायाङ्कन मङ्सिर ६ गतेबाट सुरु हुँदैछ । यस फिल्मको पहिलो छायाङ्कन पाचथरबाट सुरु गरि झापा हुँदै, सिक्कीम, म्यानमार, देहरादुन, क्यानडा, अमेरीका लगाएतको देशहरूमा हुनेछ । यस फिल्ममा अध्ययन अनुसन्धान बढी गर्नुपर्ने भएको हुँदा निर्माणमा बढी समय लाग्न सक्ने निर्माण कम्पनीको अनुमान छ ।

यस फिल्मको मुख्य पात्रहरू रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, सञ्जीत भण्डारी, मेग सुवेदी, सुशान्त श्रेष्ठ, ध्रुब दत्त आदिको अभिनय रहने छ ।

मित्र प्रधान (नर) को कथा तथा निर्देशन रहने चलचित्रमा दीपक शर्माको सङ्गीत ,सौरब लामाको छायांकन, श्री श्रेष्ठको द्वन्द्व ,कविराज गहतराजको कोरियोग्राफी रहने छ । फिल्ममा मुख्य सहायक निर्देशन रामबाबु खड्का, कला निर्देशन रोशन रम्तेल र निर्माण नियन्त्रक सुमन काफ्ले रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै