Comments Add Comment

Advertisment

SKIP THIS

दुर्गा प्रसाईंको धर्म संस्कृति र नागरिक बचाउ अभियानलाई जनमत पार्टीका नेताको साथ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपाललाई जनमत पार्टीका केन्द्रीय सदस्य तेजनारायण कँडेलले साथ दिने भएका छन् । उनी दुर्गा प्रसाईंको अभियानको बाँके संयोजक पनि बनेका छन् ।

कँडेलले प्रसाईंको अभियानमा सहभागीका लागि आह्वान समेत गरेका छन् । जनमत पार्टीका बाँके जिल्ला इन्चार्ज समेत रहेका नेता कँडेलले भनेका छन्, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको केन्द्रीय संयोजक दुर्गा प्रसाईंप्रति यो महान् जनआन्दोलनको आह्वान र नेतृत्वका लागि हार्दिक कृतज्ञता प्रकट गर्दछु । मंसिर ७ गतेबाट सुरु हुने यो महान् जनआन्दोलनमा सरिक भई व्यवस्था परिवर्तन केन्द्रित आन्दोलन सफल बनाउन आह्वान गरेको छु ।’

‘देश रहे मात्र राजनीतिक दल वा राजनीतिक गर्न पाइन्छ, देश नै रहँदैन भने यस्ता राजनीतिक दलको केही काम छैन भनेर दुर्गा प्रसाईंको महाअभियानमा लागेको हुँ’, उनले भने, ‘पार्टीले मलाई राखोस् या नराखोस् केही मतलब छैन ।’

उनले जनमत पार्टीले देश परिवर्तनका लागि ठुला ठुला सपना बाँडेको भए पनि बाटो बिराएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै