Comments Add Comment

इन्सपेक्टर रिषि ढकाल र सई दुर्गा लिम्बु बने कोशी प्रदेशको महिनाकै सर्वोत्कृष्ट प्रहरी

काठमाडौं। प्रहरी निरिक्षक (इन्सपेक्टर) रिषिराज ढकाल कोशी प्रदेश प्रहरीको कात्तिक महिनाका सर्वोत्कृष्ट प्रहरी कर्मचारी घोषित भएका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयले उयदपुरको इप्रका रामपुर, ठोक्सिलामा कार्यरत इन्सपेक्टर ऋषिराम ढकाल र इलाका प्रहरी कार्यालय भान्टावारी, सुनसरीमा कार्यरत सई दुर्गा बहादुर लिम्बुलाई कात्तिक महिनाको ‘पुलिस अफ दी मन्थ’ पुरस्कार दिएको हो ।

ढकालले ठुलो मात्रामा लागु औषधसहित पक्राउ गर्नुका साथै १३ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरीले जनाएको छ। यस्तै सई लिम्बुले डाँका चोरी मुद्धा र हिट एन्ड रनका प्रतिवादीलाई पक्राउ गरेका कारण सम्मानित गरिएको प्रदेश प्रहरीले उल्लेख गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै