Comments Add Comment

Advertisment

SKIP THIS

इ-सेवा कर्मचारी हुँ भन्दै ओटीपी मागेर ७३ जनाको खाताबाट पैसा चोरियो, ८५ जनालाई प्रतिवादी कायम

१९ मंसिर मंसिर, काठमाडौ । आफूलाई इसेवाको कर्मचारी बताएर ओटीपी नम्बर माग्दै खाताको पैसा झिक्ने गिरोहविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ।

काठमाडौं प्रहरी परिसरको अनुसन्धानपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ८५ जनालाई प्रतिवादी कायम गरेर अभियोग पत्र दायर गरेको छ। ७३ जनाले ओटिपी नम्बर मागेर आफ्नो खाताबाट पैसा चोरी भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए।

पिडितसँग ओटिपी नम्बर माग्दा प्रयोग भएको मोबाइल नम्बर र खाताबाट पैसा ट्रान्सफर गरी जम्मा भएको खाताका आधारमा प्रतिवादी कायम गरिएको छ।

रौतहटको गौरका २५ वर्षीय नवनित कुमार कुशवाह, २१ वर्षीय रिकेशकुमार कुशवाहा, २१ वर्षीय कन्हैयाकुमार कुशवाहासहितको व्यक्तिले आफूलाई इसेवाको कर्मचारी बताएर विभिन्न बहाना बनाएर ओटिपी मागेको र त्यसपछि खाताबाट पैसा चोरी भएको भन्दै जाहेरवालाले उजुरी गरेका थिए।

प्रहरीका अनुसार पीडितको खाताबाट कुल ४९ लाख १६ हजार ४ सय ३३ रुपैयाँ गिरोहले ट्रान्सफर गरेर अन्य खातामा पठाएको पाइएको छ। प्रतिवादी बनाइएकामा पूर्व झापादेखि पश्चिम कन्चनपुरसम्मका व्यक्ति छन्। प्रतिवादी बनाइएकामध्ये ३ जना पक्राउ परेका छन् भने ८२ जनालाई फरार कायम गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment