Comments Add Comment

Advertisment

SKIP THIS

पक्राउ पुर्जीविरुद्ध विप्लवको ३ दिने आन्दोलन घोषणा

१९ मंसिर, काठमाडौ । महासचिव लगायतका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाल कम्युनिष्ट पार्टीले आन्दोलनको घोषणा गरेको छ । नेकपाले आज एक विज्ञप्ति जारी गर्दै अदालतबाट भएको पक्राउ पुर्जीको विरोधमा आन्दोलनको घोषणा गरेको हो ।

सोमबार जिल्ला अदालत काठमाडौंले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुुर विश्वकर्मा, पोलिटब्युरो सदस्य माइला लामा लगायतका नाममा पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी गरिनु गैरकानूनी, अराजक र विध्वंसात्मक कार्य भएको बताउँदै महासचिव विप्लवले त्यसविरुद्ध आज साँझ साढे ५ बजे मसाल जुलुस प्रदर्शन गर्ने, २० गते न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने विज्ञप्तिमार्फत जनाएका छन् ।

अदालतको उक्त आदेश २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र नभई देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहलमाथिको विध्वंसात्मक हमला भएको नेकपाको ठहर छ।

‘अदालतको उक्त कार्य २०७७ साल फागुन २१ गते सम्पन्न ३ बुँदे सहमतिको ठाडो उल्लङघन मात्र हैन देशका समस्यालाई शान्तिपूर्ण तरिकाले निकास दिन भइरहेका गम्भीर पहल माथिको विध्वंसात्मक हमला पनि हो’, विज्ञप्तिमा भनिएको छ, ‘राज्यको जिम्मेवार निकाय अदालतमा बसेकको न्यायधीसले प्रदर्शन गरेको यस्तो गैरकानूनी, असभ्य एवं अराजक कार्यको पार्टी घोर भत्सना गर्दछ । साथै यस्ता वितण्डाबादी कार्य रोक्न माग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै