Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरीले तस्करीको आशंकामा न्युरोडबाट ७ केजी सुनसहित सञ्चालक पाण्डेलाई पक्राउ 

काठमाडौं । प्रहरीले तस्करीको आशंकामा न्युरोडको २ वटा सुन पसलबाट करिब ७ केजी सुन बरामद गरेको छ । ओम पर्ल गोल्ड प्राली र कैलाश ज्वेलर्सबाट ७ केजी १८५ दशमलब ३३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

पसलमा रहेको सुनको बिल बिजक देखाउन नसकेपछि प्रहरीले सञ्चालक ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले पसलबाट ३९ लाख ५० हजार रुपैयाँ नगद पनि बरामद गरेको छ । उनी हुन्डी कारोबारी पनि भएको प्रहरीको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै