Comments Add Comment

Advertisment

SKIP THIS

सुन तस्करीमा पक्राउ परेकाको मुद्दा मिलाइदिन्छु भन्दै १ करोड ठगी, दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं: सुन तस्करीमा पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका नायव सुब्बालाई छुटाइदिने प्रलोभनमा ९९ लाख रुपैयाँ ठगी भएको छ। ठगीमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले भोजपुरकी रितु राई र बर्दियाका निरेश चौधरीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए । एसपी अधिकारीका अनुसार रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै पक्राउ परी काठमाडौँ जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा रहेका छन् ।

नासु रेवन्त खड्काका बुबा अमरबहादुरसँग उनीहरूले पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएको सिआइबीका प्रवक्ता एसपी नवराज अधिकारीले बताए। नासु खड्का हाल जेलमा छन्।

विद्युतीय चुरोटमार्फत सुन तस्करीमा संलग्न भएको अभियोगमा नासु खड्कालाई सिआइबीले गत वैशाखमा पक्राउ गरेको थियो।

अदालतको आदेशले हाल उनी पुर्पक्षका लागि थुनामा छन्। प्रहरी र अदालतमा पैसा खुवाएर उनलाई छुटाइदिने भन्दै राई र चौधरीले पैसा लिएका थिए। उनीहरूविरुद्ध सिआइबीले आपराधिक विश्वासघात मुद्दामा कारबाही थालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै