Comments Add Comment

Advertisment

SKIP THIS

दुबई पठाइदिन्छु भन्दै तीन लाख ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ

काठमाडौं । दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ ठगी गरेको दुईजना पक्राउ गरेको छ ।

चितवन रत्ननगर नगरपालिका-१६ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ४० वर्षीय नविन खड्का र मकवानपुर घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्ने ३३ वर्षीया चमेली चुहान पक्राउ परेकी हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार नविनलाई नयाँ बानेश्वर र चुहानलाई बालाजुबाट पक्राउ गरेको हो ।

उनीहरूविरूद्ध जगत बहादुर विष्टले वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै तीन लाख रूपैयाँ लिएपछि सम्पर्कविहीन भएको वैदेशिक रोजगारी विभागमा उजुरी दिएका थिए ।

सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै