Comments Add Comment

Advertisment

SKIP THIS

मलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति छैन : दुर्गा प्रसाईं

८ मंसिर, काठमाडौ । मेडिकल व्यवसायी तथा गणतन्त्र विरोधी दुर्गा प्रसाईंले आफूलाई जहाँ लगेर थुने पनि कुनै आपत्ति नरहेको बताएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेको प्रसाईले शुक्रवार बिहान आफ्नै घरमा जम्मा भएका केही सञ्चारमाध्यमसँग कुरा गर्दै प्रसाईले आफ्ना लागि आन्दोलन नगरी नागरिकका लागि गरेको दाबी गरे ।

‘मलाई यसरी एरेस्ट गर्छन् भने ठिक छ । मलाई कुनै आपत्ति छैन’, उनले भने, ‘म क्यान्सर सरभाईभल मान्छे हो । म कहिलेसम्म बाच्ने हो थाहा छैन ।’ उनले प्रधानमन्त्रीले हिजो के बाचा गरेर आउनुभएको थियो रु त्यो बाचा पुरा गर्नुभएको छ कि छैन रु भनेर प्रश्न समेत गरे । सरकारले प्रसाईको घरमा व्यापक

सुरक्षाकर्मी परिचालन गरेको छ । उनले आफू जोगी भएर बस्न तयार रहेको भन्दै आज आफ्नो शल्यक्रिया भए पनि नगएर नागरिकका लागि बोल्न लागेको दाबी गरे ।

प्रसाईंले आफु घर एरेस्टमा रहेको भन्दै सरकारले तीनकुनेमा प्रदर्शन नदिएपनि देशभर प्रदर्शन हुने बताए । उनले अहिले आफू हाउस एरेस्टमा रहेपनि भरे आफैं प्रहरी प्रधान कार्यालय उपस्थित हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment