काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौं, टेकु प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भुपेन्द्र बहादुर खत्रीले बढुवा भएका प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको
च.नं. ३१७४ र मिति २०८०।०९।०५ गतेको पत्रादेशानुसार प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायव निरीक्षक पदमा बढुवा तथा पद्स्थापन भएका प्रहरी कर्मचारीहरुलाई एक कार्यक्रमकाबीच एसएसपी भुपेन्द्र बहादुर खत्रीले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

एसएसपी खत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताए । थपिएको नयाँ दर्जामा पदोन्नति भएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिए ।

सुशोभन कार्यक्रममा प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक तथा जवानहरुको उपस्थिति रहेको थियो ।






