Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुर घटना अपडेट : घाइते अर्का युवकको पनि मृत्यु

१३ पुष , काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने सरकारी गाडी आगजनी घटनामा दुई जना युवकको मृत्यु भएको छ।

उक्त घटनामा परी घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पनि मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, डिआइजी कुवेर कडायतले पाटन अस्पतालमा उपचारका क्रममा शाहको मृत्यु भएको बताए ।

यसअघि करिब २३ वर्षीय सुजन राउतको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिश पाठकले बताए। राउत जुम्लाका हुन्। उनी भक्तपुर क्षेत्रमा बस्दै आएका थिए।

राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।

आज मध्यान्ह इपिएस परीक्षार्थीले मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए। सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment