Comments Add Comment

Advertisment

SKIP THIS

बर्दियाबाट दाङ जादै गरेको बस तुलसीपुरमा पल्टिँदा २० जना घाइते

दाङ । बर्दियाबाट दाङमा वनभोजका लागि आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।

आज बिहान ७ बजे बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै दुर्घटना भएको हो ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार २० जना घाइतेको उद्धार गरी तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र कोहलपुर पठाइएको छ ।

तीमध्ये तीन जना गम्भीर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै