Comments Add Comment

Advertisment

SKIP THIS

डडेल्धुराबाट प्रहरीले श्रीमान‍्को हत्या आरोपमा श्रीमतीलाई पक्राउ

डडेल्धुरा – डडेल्धुरामा बुधबार मृत फेला परेका नरेश नाथको हत्याको आशंकामा उनकै श्रीमती पक्राउ परेकी छन्। बैतडीको दशरथचन्द नगरपालिका–३ का ३५ वर्षीय नरेश नाथ हिजो मृत अवस्थामा फेला परेका थिए।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकका अनुसार नाथको हत्याको आरोपमा उनकी श्रीमति २८ वर्षीया पशुपति नाथ पक्राउ परेकी छन्।

नाथ बुधवार डडेल्धुराको अमरगढी नगरपालिका–८ मा मृत अवस्थामा फेला परेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता प्रहरी निरीक्षक नायकले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै