गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा प्रहरी चौकीको औपचारिक रुपमा स्थापना भएको छ । गाउँपालिकाको वडा नं ४ रानिबासमा स्थापना भएको चौकीको आइतबारदेखि नै सेवा प्रवाह शुरूवात भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा थप शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलापमा कमी ल्याउन प्रहरी चौकीको स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले बताए ।
साबिकको बलेचौर प्रा.बि.भवन रानिबासमा स्थापना भई संचालनमा आएको चौकीमा राम सिंह क्षेत्री कार्यालय प्रमुखमा रहनेछन ।
प्रहरी चौकी रुरुको उदघाटन गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले शान्ती सुब्यवस्था आफुहरुको पहिलो आवश्कता रहेको बताए । जनतासंग जोडिएर अपराध नियन्त्रण, अनुसन्धान गर्दै शान्ती स्थापना गर्न आग्रह गरे । उहाँले स्थापनाको सुरुवाती पहलकर्ता पुर्व मुख्य सचिव लीलामणी पौड्याल लगायत हाल जग्गादाता सम्मलाई आभार व्यक्त गरे ।


