काठमाडौं: नेपाल सरकार गृह-मन्त्रालय तथा मन्त्रीस्तरको निर्णयानुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण तथा विकास निर्देशनालय बाट सरूवा भएका प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सीले प्रदेश प्रहरी प्रमुखको रूपमा आफ्नो पदभार ग्रहण गर्नु भएको छ ।

पदभार ग्रहण पश्चात बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक रवि कुमार पौडेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रहरी नायव महानिरीक्षक विष्णु कुमार के.सीले बागमती प्रदेश प्रहरी कार्यालय हेटौडा, बागमती प्रदेश प्रहरी गण हेटौडा, नेपाल प्रहरी सुरक्षा प्रहरी गण रातोमाटे, बागमती प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्म हेटौडाका कार्यालय प्रमुख सहित उपस्थित सिनियर प्रहरी अधिकृत , जुनियर तथा मातहत प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन समेत दिनु भएको थियो ।




