Comments Add Comment

Advertisment

SKIP THIS

सैनिक संग्रहालयमा अंग्रेज–नेपाल युद्ध झल्कने सामग्री

१४ मंसिर , काठमाडौ । यहाँ निर्माण गरिएको सैनिक संग्रहालयको नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्माले मंगलबार उद्घाटन गरेका छन् ।

सैनिक संग्रहालय पाल्पा दरबार संग्रहालयको माथिल्लो तलामा नेपाली सेनाले निर्माण गरेको हो । गोरखदल गणको अगुवाईमा निर्माण भएको संग्रहालयको प्रधानसेनापति शर्माले उद्घाटन गर्दै संग्रहालयले यस भेगको सैनिक इतिहास मात्र होइन सेनाका विषयमा जानकारी लिन सकिने बताए । उनले पाल्पामा सैनिकबीच राम्रो सम्बन्ध भएकाले पनि नमना काम भएको बताए ।

दरबारमा संग्रहालयमा निर्माण भएको सैनिक संग्रहालयमा सेनाको इतिहासका साथै वीर गोर्खा फौज र अंग्रेज सेनाबीच विक्रम संवत् १८७१ मा भएको लडाइँलाई स्मरण गराउने सामग्री राखिएको छ । तत्कालीन समयमा गोर्खा फौजले इस्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई हराएको जितगढी, नुवाकोट गढी किल्लाका सम्झनामा समाग्रीहरु राखिएको गोरखदल गणका गणपति सेनानी जनककुमार बस्नेतले बताए ।

संग्रहालयमा राखिएका दस्तावेजले इतिहासको खोजी गर्न थप मद्दत मिल्ने इतिहासविद् निर्मल श्रेष्ठले बताए । संग्रहालय र यस परिसर अब खोजकर्ता र जिज्ञासुहरुलाई राम्रो अध्ययनको थलो बन्ने उनले बताए । ‘नेपालीका लागि मात्र हैन, विदेशी अध्ययन, खोजकर्ताहरुका लागि समेत नेपाली सेनाको विषयमा थप कौतुहलता जगाउनेछ,’ उनले भने ।

निर्माणकर्ता गोरखदल गणका गणपति बस्नेतले झन्डै १ करोड २५ लाख लागतमा पाल्पा दरबार संग्रहालयमा सैनिक संग्रहालय निर्माण भएको जानकारी दिए । आन्तरिक सजावट, योद्धाहरुको खोजी गरेर राखिएका तस्बिर, पदक, अन्य निर्माणमा प्रदेश सरकार र तानसेन नगरपालिकाले पनि लगानी गरेको छ ।

संग्रहालयभित्र वृतचित्रमार्फत नेपाल–अंग्रेज युद्धको ऐतिहासिक सामरिक महत्व प्रर्दशन गर्न सकिने थिएटरपनि निर्माण भएको छ । तत्कालीन समयमा सेनाले प्रयोग गरेका घरेलु हातहतियार, तोप, गोला, दस्ताबेज, युद्धकालीन समयमा घरेलु सेना र अंग्रेज सेनाको पोशाक प्रदर्शनलगायत संग्रहित गरी राखिएको गोरखदल गणका गणपति बस्नेतले बताए ।

नेपाल एकीकरणका समयमा कर्णेल उजिरसिंह थापाको फौजले अंग्रेज फौजलाई नुवाकोट जितगढी युद्धमा हराएको इतिहास छ । आधुनिक हतियारसहित आएको अंग्रेज फौजलाई एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहको गोर्खाली फौजले नुवाकोटगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिंगालको गोलाको मद्दत लिएर युद्धमा पराजित गरी धपाएर विजयी प्राप्त गरेको इतिहास छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै