Comments Add Comment

Advertisment

SKIP THIS

सेनाले सैनिक प्रदर्शनीका लागि हेलिकोप्टरलाई ट्रकमा राखेर जंगीअड्डा लैजाँदै

काठमाडौं । नेपाली सेनाले सैनिक प्रदर्शनीका लागि हेलिकोप्टरलाई ट्रकमा राखेर जंगीअड्डा पुर्‍याएको छ ।

९ माघदेखि चार दिनसम्म हुने सैनिक प्रदर्शनीका लागि ट्रकमा राखेर होलिकोप्टर जंगीअड्डासम्म लगिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार, नेपाली सेनाको जंगीअड्डाले यस्तो प्रर्दशनी वर्षेनि गर्दै आएको छ । ‘चलिरहेको हेलिकोप्टर नै ल्याउने कि भन्ने थियो, तर बीचमा तत्काल केही समस्या परेर कतै लानु पर्‍यो भने प्रदर्शनीस्थलबाट निकाल्न गाह्रो हुने भएकाले मर्मतमा रहेको हेलिकोप्टर लगिएको हो’, भण्डारीले भने, ‘कलसाइन एनए ०३३ को यो हेलिकोप्टरको केही पार्टस् मर्मतका लागि पठाइएको छ ।’

प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्ने प्रदर्शनीमा बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म चल्नेछ । ‘उद्घाटन चाहिँ २ बजे हुँदैछ, अरु दिन १० देखि ५ बजेसम्म कार्यक्रम हुनेछ’, भण्डारीले भने ।

जंगीअड्डाले शिवरात्रीका बेला सेना दिवस मनाउँदै आएको छ । त्यसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रमहरु हुने गरेका छन् । त्यही क्रममा सेनाको ऐतिहासिक विकासक्रम र वर्तमान गतिविधि झल्कने स्टलसहित फोटो तथा युनिट विशेष प्रदर्शनी गर्न लागिएको हो ।

प्रदर्शनीमा फोटोसहित हातहतियार, खेलकुद तथा पर्वतारोहण, विकास निर्माण, फौज तथा विभिन्न अंग, शान्ति मिशनमा नेपाली सेनाको सहभागिता गतिविधि समावेश हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै