Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिण कोरियामा कोरोना सङ्क्रमणको दर ह्वात्तै बढेपछी सामाजिक दुरीको नियममा कडाई गरिने

१४ मंसिर काठमाडौ । दक्षिण कोरियामा कोरोना सङ्क्रमण को दर ह्वात्तै बढेपछी कोरियाली रास्ट्रपति मुन जे ईन ले लिभिङ विथ कोभिड योजना अन्तर्गतको सामाजिक दुरीको नियमलाई थप खुकुलो बनाउन रोक्ने बताए 

कोरोना सङ्क्रमण उच्च गतिमा वृद्धि भएपछी रास्ट्रपतिले सामाजिक दुरीको नियमलाई कडाई गर्ने र फुल डोज खोप लगाएका हरुलाई बुस्टर सट खोप दिईने साथै कोरोना बाट गम्भिर बिरामी हरुलाई राख्ने आईसियु बेडको सङ्ख्या थप्ने बताएका छन ।

मुनले कोभिड १९ प्रतिकृया बैठकको अध्यक्षता गर्दै कोरियामा कोरोनाबाट सङ्क्रमित गम्भिर केसहरु बढ्दै गएतापनी सरकारले चालेको सामाजिक दुरीको नियमलाई पुरानै अवस्थामा फर्काउन भने सम्भव नरहेका बताएका थिए । सरकारले अवस्था हेरेर नियम लागु गर्ने जनाएको छ।

नयाँ गम्भिर बिरामीहरु को सङ्ख्या बढदै गएकाले रास्ट्रपति द्वारा देशैभरीका अस्पतालमा आईसियु बेडको आपुर्ति गरिने उल्लेख गरेका छन ।

सरकारले लिभिङ विथ कोभिडको योजना लागु गरेसंगै कोरियामा कोरोना सङ्क्रमण दर बढेर विगतको तुलनामा दोब्बरले बढेको छ । विगतमा २००० दैनिक सङ्क्रमण देखिएको मा यो नियम लागु भएसंगै ४००० को हाराहारीमा दैनिक सङ्क्रमण देखिएको छ।

कोरियामा कोरोनाबाट गम्भिर विरामीको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै रहेको छ। गत शुक्रबार ६२९ जना गम्भिर बिरामी रहेका थियो । सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

साथै दक्षिण कोरियाले खोपको म्याद ६ महिना हुने उल्लेख गरेको छ । कोरियामा हुनेहरुले डवल डोज भ्याक्सिन लगाएको ६ महिना नाघेमा कोरोनाको वैधता म्याद स्वत हटने जनाएको छ । म्याद बढाउन को लागी बुस्टर खोप अनिवार्य लगाउनुपर्ने उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment