Comments Add Comment

Advertisment

SKIP THIS

सर्लाहीबाट जुवातास खेलिरहेका आठ जनालाई हरिवनको प्रहरी टोलीले पक्राउ

सर्लाही । सर्लाहीबाट जुवातास खेलिरहेका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । हरिवन नगरपालिका-५ घुर्काैली स्थित सियाराम महतोको खेतमा निर्माण गरिएको घरमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय हरिवनको टोलीले तास लेखि रहेको अवस्थामा आठ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

हरिवन नगरपालिका ६ का अन्दाजी ३४ वर्षीय अशोक कुमार राई, हरिवन नगरपालिका-६ कै अन्दाजी ३९ वर्षका हर्कमान तामाङ, हरिवन नगरपालिका ५ का अन्दाजी ४५ वर्षका सियाराम महतो, हरिवन नगरपालिका ५ का अन्दाजी वर्ष ३८ का मोहन प्रसाद फुयाल,हरिवन नगरपालिका ६ का अन्दाजी वर्ष २६ का साजन कुमार मोक्तान, हरिवन नगरपालिका ७ का अन्दाजी वर्ष ५० का निर्मल कुमार घिसिङ, हरिवन नगरपाकिला ६ का अन्दाजी वर्ष ३५ का श्रवण कुमार सिंह र जिल्ला लालबन्दी नगरपालिका ७ का अन्दाजी वर्ष ५२ का श्रीनारायण साहलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

उनका अनुसार तास खेलिरहेका आठ जनाको साथबाट नगर रु ३८ हजार चार सय १० र भारतीय रुपैयाँ तीन हजारका साथै मेघा बैक नेपाल लिमिटेडको पाँच थान चेकका साथै नखोलेको नौ बुक र उनीहरूले खेलिरहेको तास बरामद भएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय हरिवनको हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै