Comments Add Comment

Advertisment

SKIP THIS

झापामा १५ वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ

झापा । १५ वर्षीया बालिका बलात्कार आरोपमा एकजना पक्राउ परेका छन्।

मोरङ उर्लाबारी नगरपालिका-८ का १९ वर्षीय आयुष धिमाल पक्राउ परेका हुन्।

उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले आइतबार राति पक्राउ गरेको हो।

धिमालले झापाको मेचिनगर नगरपालिका-१२ चारआलीस्थित हट स्मोक क्याफेको कोठामा शनिवार राति बलात्कार गरेको उजुरी छ।

सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै